Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘भारतले मात्र होइन, नेपालले पनि सीमा मिचेको छ’ भन्ने भनाइ राष्ट्रिय स्वाभिमानमाथिको चोट:सभापति थापा


१८, जेठ २०८३
  • 299
    SHARES
  • प्रधानमन्त्रीको अभिव्यक्ति ‘भारतले मात्र होइन, नेपालले पनि सीमा मिचेको छ’ भन्ने भनाइ राष्ट्रिय स्वाभिमानमाथिको चोट:सभापति थापा

    रूपन्देही । नेपाली कांग्रेसका महामन्त्रीले प्रधानमन्त्रीको हालैको सीमासम्बन्धी अभिव्यक्तिलाई राष्ट्रिय स्वाभिमान र अखण्डतामाथिको गम्भीर प्रहारका रूपमा चित्रित गर्दै संसदबाट सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् ।

    कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गर्नु कुनै सामान्य राजनीतिक टिप्पणी नभई राष्ट्रको सार्वभौमिकता र नेपाली जनताको आत्मसम्मानसँग जोडिएको विषय भएको बताए ।

    “यदि प्रधानमन्त्रीले तथ्य नबुझेर यस्तो अभिव्यक्ति दिनुभएको हो भने त्यो चिन्ताको विषय हो, र यदि बुझेर बोल्नुभएको हो भने त्यो अझ गम्भीर र खतरनाक हो,” थापाले भने, “संसदको रोष्ट्रमबाट व्यक्त भएको गलत सन्देश सच्याउन प्रधानमन्त्रीले सदनमै उभिएर माफी माग्नुपर्छ।”

    उनले प्रधानमन्त्रीको उक्त भनाइले देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको आधिकारिक धारणा कमजोर बनाउने जोखिम रहेको बताए । थापाले संविधान, कानुन र राष्ट्रिय हितभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्ति अझ जिम्मेवार हुनुपर्ने धारणा राखे ।

    थापाले आइतबार संसदमा नियमावली पारित गर्ने क्रममा सत्तापक्षले अपनाएको प्रक्रियामाथि पनि प्रश्न उठाए । उनले संसद सञ्चालनका लागि बनाइने नियमावलीलाई बहुमतको बलमा जबरजस्ती पारित गर्नु संसदीय अभ्यासको भावना विपरीत भएको टिप्पणी गरे ।
    “हिजो संसदको शक्तिको चरम दुरुपयोग भएको छ । बहुमत छ भन्दैमा सबै कुरा पेलेर पारित गर्न मिल्दैन,” उनले भने, “यो विषय कांग्रेसका लागि समाप्त भएको छैन, लोकतान्त्रिक ढंगले प्रतिरोध जारी रहनेछ ।”

    भाषणको अर्को महत्वपूर्ण पक्ष पार्टीभित्रको सुधार र पुनर्गठनमा केन्द्रित थियो । थापाले कांग्रेस पुरानै शैलीमा नचल्ने दाबी गर्दै जनताले देखेका कमजोरी र विकृतिहरू हटाउन पार्टी तयार हुनुपर्ने बताए ।
    उनले विगतका निर्वाचनमा कांग्रेसबाट टाढिएका लाखौं मतदाताको विश्वास पुनः जित्न आत्मसमीक्षा र व्यवहारिक सुधार आवश्यक रहेको उल्लेख गरे ।
    “जनताले देखेको फोहोर सफा नगरी विश्वास फर्किँदैन,” थापाले भने, “कांग्रेसलाई नयाँ पुस्ता, नयाँ सोच र नयाँ कार्यशैलीसहित अघि बढाउनुपर्छ ।”

    लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा थापाको सम्बोधन मुख्यतः राष्ट्रियता, संसदीय अभ्यास, राजनीतिक उत्तरदायित्व र पार्टी रूपान्तरणका मुद्दामा केन्द्रित रहेको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गरिएको उनको टिप्पणी भने कार्यक्रमको सबैभन्दा चर्चित विषय बनेको छ ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend