Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जरा अभियानमार्फत कांग्रेसलाई नयाँ ऊर्जा दिनुपर्छ : विश्वप्रकाश शर्मा


१८, जेठ २०८३
  • 89
    SHARES
  • जरा अभियानमार्फत कांग्रेसलाई नयाँ ऊर्जा दिनुपर्छ : विश्वप्रकाश शर्मा

    रूपन्देही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई जनतासँग अझ नजिक बनाउँदै संगठनात्मक पुनर्जागरण र आन्तरिक सुधारलाई तीव्रता दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत आयोजित लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसको भविष्य संगठन सुदृढीकरण, आत्मसमीक्षा र जनविश्वासको पुनर्स्थापनासँग जोडिएको उल्लेख गरे।

    शर्माले आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीको हालैको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि गम्भीर असहमति जनाए। उनले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र जनभावनामाथि आघात पुगेको टिप्पणी गर्दै त्यसलाई सच्याउन प्रधानमन्त्रीले संसदमै माफी माग्नुपर्ने धारणा राखे।

    “यदि प्रधानमन्त्रीले तथ्य नबुझेर यस्तो अभिव्यक्ति दिनुभएको हो भने त्यो चिन्ताको विषय हो, र यदि बुझेर बोल्नुभएको हो भने त्यो अझ गम्भीर र खतरनाक विषय हो,” शर्माले भने, “संसदको रोष्ट्रमबाट व्यक्त भएको गलत सन्देश सच्याउन प्रधानमन्त्रीले सदनमै उभिएर माफी माग्नुपर्छ।”

    उनले प्रधानमन्त्रीको उक्त भनाइले अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालको आधिकारिक धारणा र राष्ट्रिय अडान कमजोर पार्ने जोखिम रहेको बताए।

    शर्माले ‘जरा अभियान’ केवल संगठन विस्तारको कार्यक्रम नभई कांग्रेसको आत्मशुद्धि, पुनर्संरचना र पुनर्जागरणको अभियान भएको उल्लेख गरे। उनले पार्टीभित्र देखिएका कमजोरी, विकृति र जनताले उठाएका प्रश्नहरूको इमानदार समीक्षा गर्दै सुधारको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

    “जनताले देखेको फोहोर सफा नगरी विश्वास फर्किंदैन,” उनले भने, “कांग्रेसलाई नयाँ पुस्ता, नयाँ सोच र नयाँ कार्यशैलीसँग जोडेर अघि बढाउन सके मात्र हराउँदै गएको जनविश्वास पुनः स्थापित गर्न सकिन्छ।”

    संसदमा नियमावली पारित गर्ने प्रक्रियाबारे पनि उनले असन्तुष्टि व्यक्त गरे। सत्तापक्षले बहुमतको आडमा नियमावली जबरजस्ती पारित गरेको आरोप लगाउँदै शर्माले त्यसलाई संसदीय मूल्य, मान्यता र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।

    “हिजो संसदको शक्तिको चरम दुरुपयोग भयो। बहुमत छ भन्दैमा सबै कुरा पेलेर पारित गर्न मिल्दैन,” उनले भने, “लोकतान्त्रिक प्रक्रियामाथि भएको हस्तक्षेपविरुद्ध कांग्रेसले आफ्नो प्रतिरोध र आवाज निरन्तर उठाइरहनेछ।”

    शर्माले स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म संगठनलाई गतिशील, उत्तरदायी र जनमुखी बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै ‘जरा अभियान’ कांग्रेसको दीर्घकालीन सुदृढीकरण, संगठन विस्तार र आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend