Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

"डिजिटल तानाशाह बनेका रास्वपालाई कांग्रेसले तह लगाउँछ" - शंकर तिवारी


२०, जेठ २०८३
  • 274
    SHARES
  • "डिजिटल तानाशाह बनेका रास्वपालाई कांग्रेसले तह लगाउँछ" - शंकर तिवारी

    तुल्सीपुर, दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले तुल्सीपुरमा आयोजना गरेको विशेष संगठन सुदृढीकरण कार्यक्रममा बोल्दै युवा नेता शंकर तिवारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रहार गरेका छन् । उनले रासपालाई "डिजिटल मिडियाबाट जन्मिएको नयाँ तानाशाही शक्ति" को संज्ञा दिँदै अन्ततः नेपाली कांग्रेसले त्यसलाई पनि राजनीतिक रूपमा परास्त गर्ने दाबी गरे । "जसरी राणा शासन समाप्त भयो, सामन्ती राजतन्त्र समाप्त भयो, माओवादी अतिवाद नियन्त्रणमा आयो, त्यसरी नै डिजिटल मिडियाको आडमा आएको रासपालाई पनि कांग्रेसले तह लगाउनेछ," तिवारीले भने ।

    उनले कांग्रेसको संगठन निर्माणको इतिहास स्मरण गर्दै पार्टी अहिले चौथो ऐतिहासिक संगठन अभियानको चरणमा रहेको बताए । बीपी कोइरालाको नेतृत्वमा २००९–२०१५ सालमा पहिलो, राष्ट्रिय मेलमिलाप नीतिपछि दोस्रो र २०५८–२०६५ सालमा तेस्रो पटक कांग्रेसको बुनियादी संगठन निर्माण भएको उल्लेख गर्दै तिवारीले अहिले फेरि कांग्रेसलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    "अबको राजनीतिक युद्धको मैदान गाउँको चौतारो होइन, मोबाइल र सामाजिक सञ्जाल हो," उनले भने, "कांग्रेसलाई डिजिटल पार्टीमा रूपान्तरण गर्न सकिएन भने भविष्यको राजनीति बुझ्न सकिँदैन ।"

    तिवारीले पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई डिजिटल माध्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै प्रत्येक कार्यकर्ताको सामाजिक सञ्जाल विवरणसम्म पार्टीसँग हुनुपर्ने धारणा राखे। त्यसो भए पार्टी नेतृत्वले एउटै सन्देश लाखौं कार्यकर्तासम्म एकैछिनमा पुर्‍याउन सक्ने उनको भनाइ थियो ।

    रासपा सभापति रवि लामिछानेमाथि संकेत गर्दै उनले पार्टीभित्रको विवाद विदेशी सञ्चारमाध्यमसम्म पुर्‍याइएको भन्दै आपत्ति जनाए । "नेपालको आन्तरिक राजनीतिक विवाद अन्तर्राष्ट्रिय मञ्चमा लगेर देशको अतीतमाथि लाञ्छना लगाउने काम स्वीकार्य हुन सक्दैन," उनले बताए ।

    त्यसैगरी उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का केही अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै राष्ट्रिय हित र संस्थागत निरन्तरतामाथि प्रश्न उठाउने गतिविधि खतरनाक हुन सक्ने चेतावनी दिए ।

    कार्यक्रममा तिवारीले कांग्रेसका महामन्त्रीहरू, युवा पुस्ताका नेताहरू तथा संगठन निर्माणमा योगदान दिएका कार्यकर्ताहरूको भूमिका स्मरण गर्दै पार्टीभित्रको आन्तरिक अवरोध हटाएर संगठन विस्तारमा एकताबद्ध हुन आग्रह गरे ।

    "कांग्रेस सत्तामा हुँदा होइन, संघर्षमा हुँदा बलियो बनेको पार्टी हो," उनले भने, "अब फेरि संगठन, विचार र प्रविधिको संयोजनमार्फत कांग्रेसलाई जनताको पहिलो रोजाइका रूपमा स्थापित गर्नुपर्छ ।"

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend