Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कर्णाली प्रदेशमा आयोजना हुने यू-१९ राष्ट्रिय महिला क्रिकेटको खेल तालिका सार्वजनिक (सूचीसहित)


२२, जेठ २०८३
  • 124
    SHARES
  • कर्णाली प्रदेशमा आयोजना हुने यू-१९ राष्ट्रिय महिला क्रिकेटको खेल तालिका सार्वजनिक (सूचीसहित)

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

    आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि आगामी असार १ सम्म चल्ने प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरेको हो । प्रतियोगिताको पहिलो दिन तीन वटा खेल हुने भएका छन् । कालिञ्चोक क्रिकेट मैदानमा शुक्रबार साढे ८ बजेदेखि हुने पहिलो खेलमा घरेलु टोली कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने भएकाे हाे । सोही मैदानमा शुक्रबारै दिउँसाे २ बजेदेखि शुरु हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुने भएका छन् ।

    कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । प्रतियोगितामा सहभागी सबै टोलीले एक-अर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोली फाइनल पुग्ने भएका हुन् । प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता रहने भएकाे छ । यो प्रतियोगितालाई आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधार मानिएको क्यानले जाएकाे हाे ।

    प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने क्यानले जाएकाे हाे ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend