Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकार पार्टीको होइन, देशको संविधानअनुसार चल्नुपर्छ : गगन थापा


२६, जेठ २०८३
  • 72
    SHARES
  • सरकार पार्टीको होइन, देशको संविधानअनुसार चल्नुपर्छ : गगन थापा

    गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सरकार कुनै पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्।

    मंगलबार गोरखास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पाँच वर्षका लागि जनादेश प्राप्त गरेको सरकार संविधानको मर्म र कानुनी व्यवस्थाअनुसार चल्नुपर्ने बताए।

    राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै थापाले कुनै दलको आन्तरिक गतिविधि कांग्रेसको सरोकारको विषय नभएको बताए। उनले भने, “सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधान र संविधानले हो। संविधानअनुसार सरकार चल्छ कि चल्दैन भन्ने विषयमा खबरदारी गर्ने जिम्मेवारी प्रतिपक्षको हुन्छ।”

    उनले सरकारले गरेका सकारात्मक काममा कांग्रेसले सहयोग गर्ने र कमजोरी देखिए प्रश्न उठाउने स्पष्ट पारे। लोकतान्त्रिक प्रणालीमा सशक्त प्रतिपक्षको भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

    थापाले २०४६ सालयता सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै सत्तामोहका कारण देशमा विभिन्न समस्या उत्पन्न भएको बताए।

    सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने विषय कांग्रेसले पहिलेदेखि उठाउँदै आएको उल्लेख गर्दै उनले वर्तमान सरकारले थालेको प्रक्रिया सकारात्मक रहेको बताए। “हामी सम्पत्ति छानबिनका लागि खुला छौँ र आवश्यक सहयोग गर्न तयार छौँ,” उनले भने।

    तर सम्पत्ति छानबिन आयोग गठनको प्रक्रियाबारे केही प्रश्न रहेको उल्लेख गर्दै आवश्यक ठाउँमा त्यसबारे जवाफ खोजिने बताए।

    सम्पत्ति छानबिनको प्रसङ्गमा उनले सार्वजनिक पदाधिकारीहरूलाई पारदर्शी बन्न आग्रह गर्दै आफ्नो सम्पत्तिको स्रोत पुष्टि गर्ने साहस देखाउनुपर्ने धारणा राखे।

    कार्यक्रममा उनले देशमा सुशासनको आवश्यकता औँल्याउँदै सरकारले पाँच वर्षभित्र जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। साथै, जनताले दिएको विश्वासलाई व्यवहारमा उतार्दै परिणाममुखी शासन सञ्चालन गर्न सरकारलाई आग्रह गरे।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend