Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको डिजिटल अभियानमा उत्साहजनक सहभागिता : आज मध्यरातसम्म मात्रै अध्यावधिकको अवसर


इ खबर
२८, जेठ २०८३
  • 144
    SHARES
  • कांग्रेसको डिजिटल अभियानमा उत्साहजनक सहभागिता : आज मध्यरातसम्म मात्रै अध्यावधिकको अवसर

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियान आज राति १२ बजेसम्म सञ्चालन हुने भएको छ। पार्टीले आगामी १५औँ महाधिवेशनलाई स्वच्छ, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित सञ्चालन गरेको अभियानमा देशभरका कांग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको जनाएको छ ।

    महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले समयसीमा समाप्त हुन लागेकाले छुटेका सबै क्रियाशील सदस्यलाई तत्काल आफ्नो सदस्यता अध्यावधिक गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तिम समयमा अत्यधिक चापका कारण प्राविधिक समस्या आउन सक्ने भएकाले ढिलाइ नगर्न अनुरोध गर्नुभएको छ ।

    पार्टीका कावा मुख्यसचिव कृष्ण प्रसाद दुलालका अनुसार अध्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् भने थप १ लाख २४ हजार ७४८ जनाले अनलाइन फाराम पेस गरेर प्रक्रियामा सहभागिता जनाइसकेका छन् ।

     सदस्यता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन अनलाइन प्रणालीमार्फत अभियान सञ्चालन गरेको हो । यसले विगतमा देखिएका फर्जी सदस्यता तथा अभिलेखीकरणका समस्यालाई अन्त्य गरी वास्तविक सदस्यहरूको तथ्यांक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।

    केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विगतमा अरूले फाराम भरिदिने अभ्यासका कारण सदस्य संख्या कृत्रिम रूपमा बढेको देखिने गरेको उल्लेख गर्दै अहिले सदस्य स्वयंले अनलाइन प्रणालीमार्फत विवरण अद्यावधिक गरिरहेकाले वास्तविक अवस्था स्पष्ट हुँदै गएको बताउनुभयो ।

    नेता शिवाकोटीका अनुसार तोकिएको समयभित्र सदस्यता अध्यावधिक गर्ने क्रियाशील सदस्यहरू मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् । त्यसैले प्रत्येक क्रियाशील सदस्यले आफ्नो जिम्मेवारीबोध गर्दै समयमै प्रक्रिया पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली कांग्रेसले यस अभियानलाई संगठन सुदृढीकरण, डिजिटल रूपान्तरण तथा लोकतान्त्रिक अभ्यासलाई अझ पारदर्शी बनाउने ऐतिहासिक कदमका रूपमा लिएको छ । पार्टीका नेताहरूले कांग्रेसलाई आधुनिक र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्ने अभियानमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्यलाई आह्वान गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend