Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबल : ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी


३१, जेठ २०८३
  • 79
    SHARES
  • विश्वकप फुटबल : ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

    काठमाण्डौ - फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ । न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आज बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् । 

    खेलको २१औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले खेलको ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

    पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेनन् । 

    यसअघि आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १–१ गोलको बराबरी खेलेका हुन् ।  

    खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । 

    उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलायो । अर्को खेलमा अहिले बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend