Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आज चीन भ्रमणमा जाँदै


३१, जेठ २०८३
  • 78
    SHARES
  • परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आज चीन भ्रमणमा जाँदै

    काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आइतबार चीन भ्रमणमा जानुहुने भएकाे छ।

    हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आइतबार चीन जान लाग्नुभएको हो ।परराष्ट्र मन्त्रालयले चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नुभएको जनाएकाे छ ।

    मन्त्रालयले मन्त्री खनालले बेइजिङमा साेमबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने जनाएकाे हाे । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुने भएकाे छ।

    मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुने भएकाे हाे । भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ ।

    उहाँले चिनियाँ व्यापारिक समुदायसँग पनि अन्तरक्रिया गर्नुहुनेछ । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा साेत सहभागी हुनुहुने भएकाे हाे । नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुने मन्त्रालयले जनाएकाे छ ।

    मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कनु हुने कार्य तालिका रहेकाे मन्त्रालयले जनाएकाे हाे । यसअघि मन्त्री खनालले यहि जेठ २२ देखि २४ गतेसम्म तीन दिन भारत भ्रमण गर्नुभएको थियो । नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend