Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, बालेन पक्षलाई हराउँदै रवि पक्ष विजयी


३१, जेठ २०८३
  • 78
    SHARES
  • रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, बालेन पक्षलाई हराउँदै रवि पक्ष विजयी

    रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। यसअघिको प्रदेश समितिमा उपसभापति रहेका घिमिरे हिजो राति भएको मतदान र आज बिहान सम्पन्न मतपरिणामअनुसार नयाँ नेतृत्वमा चयन भएका हुन्। सुरुमा सभापति पदका लागि ६ जनाबीच तीव्र प्रतिस्पर्धा भएको थियो, जहाँ कसैले पनि स्पष्ट बहुमत प्राप्त गर्न सकेका थिएनन्।

    धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार शालिकराम र गोपालबीच दोस्रो चरणको मतदान गराउने तयारी गरिए पनि अन्तिम समयमा सहमति जुटेपछि शालिकरामलाई नै निर्वाचित घोषित गरिएको निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।

    पहिलो चरणको मतदानमा कुल ५ सय ५२ मत खसेकोमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारहरू रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत र रुपन्देहीकै मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरे।

    निर्वाचनमा राजनीतिक ध्रुवीकरण स्पष्ट देखिएको थियो, जहाँ नवनिर्वाचित शालिकराम पार्टी सभापति रवि लामिछाने पक्षका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल काठमाडौँका मेयर बालेन साह पक्षका हुन्। दुवै पक्षबाट ३–३ जना उम्मेदवार मैदानमा उत्रिएको यस प्रतिस्पर्धाको पहिलो चरणमा बालेन पक्षका उम्मेदवारहरू (गोपाल, मञ्जु र मधु) को मत निकै कम आएपछि अन्ततः रवि पक्षले नै बाजी मारेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend