Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला


३१, जेठ २०८३
  • 68
    SHARES
  • प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताएका छन् । 

    विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भने, ‘कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’

    कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए ।

    ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’

    कोइरालाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको पछि नकुद्न आग्रह गर्दै उनले त्यो विषय सरोकारको विषय नभएको पनि बताए । उनले सभापति गगन थापासँग कुरा गरेपछि ५ बुँदे प्रस्ताव लेख्नु परेको बताएका थिए । तर, उक्त प्रस्ताव पठाएको १ महिनामा पनि समाधान ननिस्किएको उनको भनाइ छ ।

    उनले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend