Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकप फुटबलमा नर्वेको इराकमाथि विजयी शुरूवात


३, असार २०८३
  • 86
    SHARES
  • फिफा विश्वकप फुटबलमा नर्वेको इराकमाथि विजयी शुरूवात

    काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले विजयी शुरुवात गरेको छ।

    अमेरिकाको बोस्टनमा बुधबार बिहान सम्पन्न भएकाे खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरेका थिए ।

    खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर इराकका कप्तान आयमन हुसेनले ३९औं मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

    पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाएका छन् । पहिलो हाफ नर्वेले २–१ ले आफ्नो पक्षमा समाप्त गर्‍यो ।

    दोस्रो हाफमा नर्वेले थप दुई गोल गर्‍यो । ७१औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याएका थिए । त्यसपछि इन्जुरी समय ९२औँ मिनेटमा क्रिस्टियन थोर्स्टभेड्टले गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।

    याे जितसँगै नर्वेले समूह ‘आई’ मा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा फ्रान्स दोस्रो स्थानमा रहेको छ। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नर्वेले सुखद विजयी शुरुवात गरेको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend