Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने


३, असार २०८३
  • 64
    SHARES
  • असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

    काठमाण्डाै – सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभएको हो ।

    काठमाण्डाैका सुकुम्वासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् ।

    अघिल्ला सरकारहरूले भूमि आयोगमार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमिसम्बन्धी समिति बनाएर सुकुम्वासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

    मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो ।

    यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गर्नुभयो ।

    पछिल्लो ३ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको ५९ लाख ४ हजार ६०० रुपैयाँ फिर्ता गरिएको उहाँले जानकारी दिनुभयो । त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो ।

    पछिल्लो ३ महिनामा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उहाँले बताउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend