प्यूठान । प्यूठानको झिमरुकमा एक जनाको लागेर मृत्यु भएको छ । गाउँपालिका-६ चिचिन्ने बस्ने ५४ वर्षीय धन बहादुर पुनको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
झिमरुक गाउँपालिका-५ चुदारा स्थित मकैबारीमा बदेललाई भगाउन राखिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ओखरकोट र जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।