बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकास्थित घमाहा खोला डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
डाइभर्सनमाथि पानी बगेपछि उक्त सडकखण्डबाट कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो ।
यसले पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन् । सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
पानीको बहाव कम भएपछि मात्रै डाइभर्सनमार्फत सवारी सञ्चालन सम्भव हुनेछ ।
बिहीबारदेखिको वर्षाका कारण उक्त डाइभर्सन अवरुद्ध भएको हो । केही दिनअघि मात्रै उक्त डाइभर्सन निर्माण गरिएको थियो ।