Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने


१५, असार २०८३
  • 84
    SHARES
  • कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

    विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

    कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।

    त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    त्यसैगरी आजकै बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ।

    त्यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend