Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते


१६, असार २०८३
  • 100
    SHARES
  • कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

    काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

    धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।

    दुर्घटनामा बस चालक कैलालीकाे धनगढी उपमहानगरपालिका १३ गेटा बस्ने ४२ वर्षीय हरिसिंह महरा, बैतडीकाे सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी,  डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, बैतडी पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन् ।

    त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया,  चितवन भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया,  बझाङको थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन् ।

    घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

    बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend