Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मन्त्रिपरिषद् निर्णय : ८ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल


१८, असार २०८३
  • 64
    SHARES
  • मन्त्रिपरिषद् निर्णय : ८ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल

    काठमाण्डाै – सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

    पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो ।

    यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

    यसैगरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।

    बैठकले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा दशौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    त्यस्तै सरकारले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेशन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेशनल जुरिसडिक्शनलाई अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    सरकारले राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend