Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आठ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त


१८, असार २०८३
  • 87
    SHARES
  • आठ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईज)को सरुवा गरेको छ । बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनीहरूको सरुवाको निर्णय गरिएको हो ।

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा)लाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।

    यस्तै, सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा दशौँ संशोधन नियमावली, २०८३ स्वीकृत, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल (कैलाली)लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

    सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।

    सरकारले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’लाई अनुमोदनका निम्ति संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ । 

    सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ । साथै, राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरिएको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend