Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको १५ औँ महाधिवेशन ‘डिजिटलाइज’ हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने


२१, असार २०८३
  • 78
    SHARES
  • कांग्रेसको १५ औँ महाधिवेशन ‘डिजिटलाइज’ हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने

    काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भएको छ ।

    आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा  बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

    समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न १५औँ महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो ।

    निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

    निर्वाचन समितिले लैङ्गिक समावेशितालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाउने निर्णय गरेको छ । उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकाहरूमा महिलाहरूले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नेछन् ।

    निर्वाचन प्रक्रिया सुरु भएदेखि नै निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू हुने समितिले जनाएको छ । विधानमा उल्लेख भए बाहेकको अवस्थामा आचारसंहिता पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायलाई आग्रह गरिएको छ ।

    निर्वाचन कार्यलाई व्यवस्थित बनाउन समितिले कानुन व्यवसायी तथा अन्य पेशागत समूहहरूलाई स्वयंसेवकको रूपमा सहयोग गर्न आह्वान गरेको छ । इच्छुक व्यक्तिहरूको रोस्टर तयार पारी उनीहरूलाई अभिमुखीकरण दिएर मात्र निर्वाचन अधिकृतको रूपमा खटाइने विज्ञप्तिमा उल्लेख छ । 

    समितिले यसअघिका निर्वाचन अधिकृत र सरोकारवालाहरूको अनुभव र सुझावलाई समेत समेटेर महाधिवेशनको तयारीलाई तीव्रता दिने बताएको छ ।

    Capture11

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend