Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र


१९, साउन २०८०
  • 242
    SHARES
  • फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

    दाङ । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।

    “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उहाँको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उहाँले योजना सुनाउनुभयो । 

    रोजगारीका क्रममा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभकार्यमा फूलको माग राम्रो देखेपछि फूलखेतीमा होमिनुभएको हो । हाल उहाँले हजारीका बिरुवा उत्पादन गर्दै  बिक्री समेत गरिरहनुभएको छ । 

    हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्‍याउनुहुन्छ । थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उहाँको भनाइ छ । उहाँले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताउनुभयो । दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएका उहाँले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याउनुभएको छ । 

    “काठमाडौँतिर व्यावसायिक फूलखेती भए पनि दाङमा नभएकाले फूलखेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन ।” पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उहाँको भनाइ छ । 

    अहिले उहाँले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आउनुभएको छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उहाँको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend