Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप २०२८ : नेपालले सीधै ग्लाेबल क्वालिफायर खेल्ने


३१, असार २०८३
  • 81
    SHARES
  • टी–२० विश्वकप २०२८ : नेपालले सीधै ग्लाेबल क्वालिफायर खेल्ने

    काठमाण्डाै – नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ ।

    स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो ।

    आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सीधै ग्लोबल क्वालिफायरमा खेल्ने पाउनेछन् । स्कटल्यान्डले भने २०२६ को प्रदर्शनका आधारमा सीधै ‘युरोप क्षेत्रीय छनोट’ को फाइनलमा स्थान बनाउनेछ ।

    ग्लोबल क्वालिफायरका बाँकी ८ ठाउँमा अफ्रिका, एशिया र युरोपबाट २–२ टोली तथा अमेरिका र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट १–१ टोली छनोट हुनेछन् ।

    ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य ३ उत्कृष्ट टोली गरी ८ टोली सन् २०२८ को विश्वकपमा छनोट हुनेछन् ।

    आईसीसीको नयाँ ढाँचाअनुसार अब टी–२० विश्वकपको समूह चरणमा २० टोलीलाई चार वटा समूहकाे सट्टा पाँच वटामा विभाजन गरिनेछ । हरेक समूहमा ४–४ टोली हुनेछन् ।

    यस्तै पहिलेको ‘सुपर एट’ को सट्टा अब ‘सुपर टेन’ हुनेछ । यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुई वटा समूहमा बाँडिनेछ ।

    ‘सुपर टेन’ बाट दुवै समूहका शीर्ष टोली सीधै सेमिफाइनलमा पुग्नेछन् । यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमिफाइनलमा पुग्न एक–अर्कासँग ‘एलिमिनेटर’ खेल्नुपर्नेछ ।

    यस्तै १४ टोली सहभागी हुने एकदिवसीय विश्वकप अब तीन चरणमा सञ्चालन हुनेछ ।

    पहिलो चरणमा पुछारका तीन टोली (१२औँ, १३औँ र १४औँ स्थान) बीच ‘सुपर सिरिज’ हुनेछ । यसको विजेता अर्काे चरणमा प्रवेश गर्नेछ ।

    दोस्रो चरणमा १२ टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टोली र समग्रमा अर्काे एक उत्कृष्ट टोली गरी सात वटा टोली अर्काे चरणमा पुग्नेछन् ।

    ‘सुपर सेभेन’ मा सातै टोलीले एकअर्कासँग खेल्नेछन् । यस चरणको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

    यसअघि एकदिवसीय विश्वकपमा १४ टोलीलाई दुई वटा समूहमा विभाजन गरिन्थ्याे । यसबाट शीर्ष तीन टाेली ‘सुपर सिक्स’ मा पुग्ने गर्दथे । ‘सुपर सिक्स’ का दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्थे ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend