Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नयाँ पार्टीको तयारीमा जुटेको देउवा समूहले गगनसँग राख्यो सहमतिका लागि यी प्रस्ताव


३, साउन २०८३
  • 106
    SHARES
  • नयाँ पार्टीको तयारीमा जुटेको देउवा समूहले गगनसँग राख्यो सहमतिका लागि यी प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ।

    आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी गराउँदै साउनभित्रै राष्ट्रिय भेला गर्ने जानकारी गराएको हो।

    पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी थिए।

    एकता जोगाउनको लागि भएको पटक पटकको वार्ता नेतृत्वबाट आवश्यक लचकता नहुँदा सहमति जुट्न नसकेको नेता मीनबहादुर विश्वकर्माले बताए।

    नयाँ पार्टीको तयारी अघि बढाएको इतर समूहले संस्थापन पक्षसँग ५ बुँदे प्रस्ताव पनि अघि सारेको छ।

    १४ औँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने प्रस्ताव राखेको उनले बताए।

    पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने प्रस्ताव राखेको छ।

    यस्तै, तत्कालीन महामन्त्री थापा संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई १५ औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग जोड्न नमिल्ने प्रस्ताव छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend