Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बनेपामा फुटबल एकेडेमी स्थापना


२०, साउन २०८०
  • 106
    SHARES
  • बनेपामा फुटबल एकेडेमी स्थापना

    बनेपा ।  बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ ।

    बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो । एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ ।

    एकेडेमीले हाल ६० बालबालिकालाई बनेपा पोलिटेक्निकस्थित मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ । काभ्रे जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहनुभएको छ ।

    यस्तै सदस्यमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल सङ्घका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल सङ्घका अध्यक्ष विकास नारायण श्रेष्ठ, सञ्चारकर्मीद्वय विनोद न्यौपाने र केशवराज पौडेल रहनुभएको छ ।

    बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको जनाइएको छ ।

    एकेडेमीले निकेश नापितलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend