Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अग्रज नेताहरुका बारेमा जनमानसमा जानकारी गराउनुपर्छ : सभापति देउवा


२०, साउन २०८०
  • 220
    SHARES
  • अग्रज नेताहरुका बारेमा जनमानसमा जानकारी गराउनुपर्छ : सभापति  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरुका बारेमा जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभएको छ । 

    सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरुको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभएको हो ।

    सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पंक्तिको स्मरणीय नेताका रुपमा पुनःस्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफुलाई खुसी लागेको धारणा राख्नुभयो ।

    उहाँले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गर्नुभयो । सभापति देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभएको थियो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend