Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानसँगकाे सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि व्यापक रूपमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी


२, भदौ २०८३
  • 129
    SHARES
  • इरानसँगकाे सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि व्यापक रूपमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गकाे बारेमा इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले फक्स न्यूजका पत्रकारसँग कुरा गर्दै यदि ओमानले बाधा पुर्‍यायो भने उनीहरूमाथि व्यापक रुपमा आक्रमण गर्ने धम्की दिनुभएको हो । ओमान र इरानबीच जलमार्गको नियन्त्रणकाे बारेमा जारी वार्तालाई उल्लेख गर्दा अमेरिकाले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको उहाँले बताउनुभएकाे छ।

    राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएकाे छ। इरानको विदेश मन्त्रालयले साेमबार दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएपछि उहाँको पछिल्लो प्रतिक्रिया आएको हो । इरानले हर्मुज जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबाबका रूपमा प्रयोग गरेको छ ।

    राष्ट्रपति ट्रम्पले गत शुक्रबार हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गर्नुभएको थियो। इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानकै नै रहने’ जवाफ दिएको हाे । अमेरिकी–इजरायली इरान युद्ध शुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग थियो । यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् ।

    इरानको तट हर्मुजको उत्तरतिर र ओमान दक्षिणतिर रहेकाे छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend