Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गर्‍यो १५ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका


२, भदौ २०८३
  • 77
    SHARES
  • कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गर्‍यो १५ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका

    काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    केन्द्रीय निर्वाचन समितिले बुधबार  प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

    बी.पी. स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले पार्टीको विधानको धारा ३५ (२) (च) बमोजिम विभिन्न तह र निकायको निर्वाचन तालिका तय गरेको हो ।

    यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान, प्रचलित कानुन र पार्टी विधानलाई मध्यनजर गर्दै महाधिवेशनको मिति तय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन निम्न मितिमा हुनेछ:

    वडा अधिवेशन: २०८३ भदौ २४ गते (देशभरका ६७४३ वटै वडामा)

    गाउँ/नगरपालिका अधिवेशन: २०८३ भदौ २७ गते

    प्रदेश सभा क्षेत्रीय अधिवेशन: २०८३ भदौ ३१ गते

    प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन: २०८३ असोज ३ गते

    जिल्ला अधिवेशन: २०८३ असोज ७ गते

    प्रदेश अधिवेशन: २०८३ असोज १० गते

    केन्द्रीय महाधिवेशन: २०८३ असोज १६, १७, १८ र १९ गते

    कार्यतालिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ । वडामा निर्वाचन प्रतिनिधि खटाउने काम भदौ १५ गते हुने र १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।

    साथै, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यसअघि नै अमेरिका, फ्रान्स, नेदरल्याण्ड, जापान, दक्षिण कोरिया लगायतका १५ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

    वर्षातको मौसम र पार्टीभित्रको आन्तरिक छलफलका कारण केही समय थप गरी परिमार्जित तालिका ल्याइएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।

    12

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend