देवदह । अहिले रुपन्देहीसहित देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । जसका कारण वालवालिका र अन्य उमेर समुहकालाई पनि उक्त प्रकोपले ग्रसित बनाउँदै गएको छ ।
आँखा पाक्ने भाइरसले यतिवेला आँखाका क्लिनिकदेखि अस्पतालसम्म विरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको बुटवल आँखा केयरका आँखा रोग विशेषज्ञ डा- प्रभात जिसीले बताउनुभएको छ ।
डा.जिसीका अनुसार आँखा पाक्ने रोगलाई सामान्य रुपमा नहेर्न र समयमै उपचार गर्न सुझाव दिदै उपचार गर्न ढिलाई गरेमा दीर्घकालीन असर पुर्याउन सक्ने वताउनु भयो ।
सो प्रकोपबाट बच्न बुटवलमा पछिल्लो समय सामाजिक र मानवीय कार्यमा सक्रियता बढाउँदै गएका लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको सहयोग, केरवानी स्वास्थ्य चौकीको सहकार्य र लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा देवदहमा आँखा पाक्ने रोगबाट कसरी बच्ने विषेयक सम्बन्धि एकदिने सचेतना कार्यक्रम गरी नागरिकहरुलाई सुसूचित गराईएको छ ।
सचेतना कार्यक्रममा देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेल, सोही नगरपालिका वडा न- २ का वडाध्यक्ष दलबहादुर राकसकोटी, वडा सदस्यद्धय अण प्रसाद न्यौपाने, प्रसाद गुरुङ, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, संस्थापक अध्यक्ष कमल थापा (क्षत्री), देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले बोल्दै आँखा संवेदनशील अंग भएकाले उचित स्याहार तथा हेरचाह गर्नुपर्ने आवश्यक्ता औल्याएका थिए।