Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षले भोलि मुद्दा हाल्ने


४, भदौ २०८३
  • 72
    SHARES
  • कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षले भोलि मुद्दा हाल्ने

    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै भोलि सर्वोच्च जाने भएको छ ।

    इतर पक्षका नेता डा. शशांक कोइराला निवासमा बसेको शीर्ष नेताहरूको बैठकले भोलि सर्वोच्च जाने निर्णय गरेको हो । भोलि अदालत जाने गरी कानून व्यवसायीले तयारी गरिरहेको नेता एनपी साउदले बताए ।

    उनले भने, ‘शीर्ष नेताहरूको समन्वयमा साथीहरूले तयारी गरिराख्नुभएको छ। भोलि मुद्दा दर्ता हुन्छ।’ पूर्वसभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बेग्लाबेग्लै निवेदन दर्ता हुने उनले बताए।

    उनले थपे, ‘सुरुदेखि नै उहाँहरूले बेग्लाबेग्लै निवेदन दिइराख्नुभएको छ। विषयवस्तु एउटै भएपनि भोलि छुट्टाछुट्टै दिने गरी तयारी भइरहेको छ।’

    देउवा समूहले गगन थापा नेतृत्वका कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, संस्थापन पक्षले भने असोजमा महाधिवेशन कार्यतालिका ल्याइसकेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend