Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रास्वपाको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान


५, भदौ २०८३
  • 75
    SHARES
  • रास्वपाको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रवक्तामा जगदीश खरेललाई मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

    बैठकले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा विभिन्न पदमा नयाँ जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार कोषाध्यक्षमा डा. मनोहर प्रधान र सहकोषाध्यक्षमा बसुमाया तामाङ मनोनित भएका छन्।

    त्यस्तै, सहमहामन्त्रीमा पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्। संगठनलाई थप व्यवस्थित बनाउने उद्देश्यले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

    रास्वपाले पछिल्लो समय पार्टीको सांगठनिक संरचना विस्तार र जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। शुक्रबारको बैठकबाट विभिन्न पदमा भएको मनोनयनले पार्टीको आन्तरिक संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

    यद्यपि, पार्टीको सांगठनिक संरचनाका केही महत्वपूर्ण पद अझै रिक्त छन्। रास्वपामा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित हुन बाँकी रहेको जनाइएको छ।

    बाँकी पदमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा आगामी बैठकबाट निर्णय हुने सम्भावना छ। पछिल्लो मनोनयनसँगै पार्टीको नेतृत्व संरचना विस्तार हुँदै गएपछि रास्वपाको आगामी राजनीतिक तथा संगठनात्मक अभियान थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend