Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिका र क्यानडाबीचको व्यापार तनाव चर्कियो


७, भदौ २०८३
  • 91
    SHARES
  • अमेरिका र क्यानडाबीचको व्यापार तनाव चर्कियो

    काठमाण्डौ — अमेरिकाले क्यानडाबाट आयात हुने झण्डै २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ ।

    व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच तीन दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    नयाँ शुल्क क्यानडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै पाँच प्रतिशत सामानमा लागू हुनेछ । इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा, हकी खेलका सामग्रीलगायत सामानमा यसको प्रभाव पर्नेछ । यसअघि नै क्यानडाली स्टिल, आल्मुनियम, मोटरगाडी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ ।

    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ । उहाँका अनुसार आउँदो सेप्टेम्बर ८ देखि स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्रीलगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ ।

    प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ सर्त अघि सारेको आरोप लगाउनुभएको छ । तर, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने वार्ता असफल हुनुमा क्यानडालाई जिम्मेवार ठहराउनुभएको बीबीसीले जनाएको छ ।

    अमेरिका र क्यानडाबीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ । विज्ञहरूले ५० प्रतिशत भन्सार शुल्कका कारण क्यानडाली सामान अमेरिकी बजारमा महँगो हुने र धेरै सामानको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न सक्ने बताएका छन् ।

    अर्कोतर्फ, अमेरिकी उपभोक्ताले समेत आयातित सामानको मूल्य बढेका कारण यसको असर भोग्नुपर्ने चेतावनी दिइएको छ । पछिल्लो व्यापार विवादले यो सम्झौताको भविष्य र अमेरिकी अर्थतन्त्रमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend