सागर महत, अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधिमा आत्महत्या गर्नेको संख्यामा ६० पुगेको छ । आर्थिक वर्ष २०७९र८० मा झुन्डिएर आत्महत्या गर्ने संख्या ५३ जना, विषादी सेवनबाट ६ जना , हामफालेर १ जना गरि ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसमा झुन्डिएर हात्महत्या गर्ने पुरुषको संख्या २८ र महिलाको संख्या २५ गरि ५३ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताउनुभयो । यस्तै विष सेवनबाट ३ पुरुष ,२ महिला ,१ बालकको मृत्यु भएको छ,भने डुबेर हाम फालेर एक महिलाको मृत्यु भएको उहाँको भनाइ छ।
पछिल्लो ३ वर्षको विवरण अनुसार झुन्डिएर आत्महत्या गर्ने संख्या जिल्लामा १ सय ८० रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७७र७८ मा ७३ रहेको छ । यस्तै २०७८र७९ मा ५४ गत आर्थिक वर्षमा १ ले घटेर ५३ पुगेको सुचना अधिकारी घिमिरेको भनाइ छ ।
बढ्दो सामाजिक संजालको प्रयोग, बैदेशिक रोजगारी, अनैतिक सम्बन्ध, घरायसी झैझगडा, बेरोजगारी, महँगी, आर्थिक अवस्थामा सुधार नआएको लगायत आत्महत्याका कारण रहेको बताएको छ ।