Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चाडपर्वअघि भान्सा महँगिँदै, चिनीपछि प्याजको मूल्यमा उछाल


८, भदौ २०८३
  • 88
    SHARES
  • चाडपर्वअघि भान्सा महँगिँदै, चिनीपछि प्याजको मूल्यमा उछाल

    काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नेपाली उपभोक्ताको भान्सा महँगिन थालेको छ। दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भइरहेका बेला चिनीपछि प्याजको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ।

    नेपाल चिनी र प्याजको आपूर्तिमा ठूलो मात्रामा भारतमा निर्भर रहँदै आएको छ। नेपाली बजारमा खपत हुने चिनी तथा प्याजको करिब ९० प्रतिशत माग भारतीय आपूर्तिबाट पूरा हुने भएकाले भारतमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गरेको छ।

    पछिल्लो समय भारतमै प्याजको मूल्य तीव्र रूपमा बढेपछि त्यसको असर नेपालमा देखिन थालेको हो। भारतमा प्याजको खुद्रा मूल्य पछिल्लो एक महिनामा करिब दोब्बर पुगेको बताइएको छ। अघिल्लो महिना प्रतिकिलो भारु ३५ आसपास रहेको प्याजको मूल्य अहिले भारु ६५ प्रतिकिलो पुगेको छ।

    भारतमा मूल्य बढेसँगै नेपालमा पनि प्याजको खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगिसकेको छ। चाडपर्वका बेला प्याजको खपत बढ्ने भएकाले मूल्य अझै बढ्न सक्ने चिन्ता उपभोक्तामा देखिएको छ।

    चिनीको मूल्य पनि बढ्यो

    प्याजसँगै नेपाली भान्साको अर्को अत्यावश्यक वस्तु चिनीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। हाल नेपाली बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ।

    एक महिनाअघि प्रतिकिलो करिब १०० रुपैयाँमा पाइने चिनीको मूल्य छोटो अवधिमै २० रुपैयाँले बढेको हो।

    उता भारतमा पनि चिनीको मूल्य बढ्न थालेपछि त्यहाँ चिनीको भण्डारण सीमासम्बन्धी व्यवस्था कडाइका साथ लागू गरिएको बताइएको छ। भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध वा ठूलो कडाइ नगरे पनि आन्तरिक बजारमा मूल्य बढ्दा त्यसको असर नेपालजस्ता आयातमा निर्भर मुलुकमा प्रत्यक्ष रूपमा परेको छ।

    चाडपर्वमा उपभोक्तामाथि थप भार

    नेपालमा दशैं, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको माग स्वाभाविक रूपमा बढ्ने गर्छ। यही समयमा चिनी र प्याजको मूल्य बढ्दा उपभोक्ताको मासिक घरायसी खर्च थप बढ्ने अवस्था देखिएको छ।

    नेपालको आन्तरिक उत्पादन कमजोर र भारतबाट हुने आयातमा उच्च निर्भरता रहेकाले सीमापार बजारमा हुने सामान्य मूल्य वृद्धि पनि नेपाली बजारमा छिट्टै प्रतिबिम्बित हुने गरेको छ।

    चाडपर्वको मुखमा अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्न सरकारले बजार अनुगमन प्रभावकारी बनाउने, कृत्रिम अभाव तथा कालोबजारी रोक्ने र सहज आपूर्तिको व्यवस्था मिलाउने विषयमा तत्काल ध्यान दिनुपर्ने देखिएको छ।

    नत्र भारतमा मूल्य बढेको बहानामा नेपाली बजारमा समेत अस्वाभाविक मूल्य वृद्धि हुने र त्यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामाथि पर्ने जोखिम बढ्नेछ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend