Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पेस्तोल चोरी गर्ने दुई पक्राउ


२१, साउन २०८०
  • 197
    SHARES
  • पेस्तोल चोरी गर्ने दुई पक्राउ

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ ।

    गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । 

    सुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका थिए ।

    घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो । त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । 

    सोही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहनुभएका प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार उक्त घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend