काठमाण्डाै – नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा १ कराेड रुपैयाँ जम्मा गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत काेषमा १ कराेड रुपैयाँ जम्मा गर्ने निर्णय गरेकाे बताउनुभयो ।
‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकालाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो ।
उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेका समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजी र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।