Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भदौ २४ को हिंसा अघिल्लो दिनको घटनाको आवेग थिएन : एमाले


२४, भदौ २०८३
  • 54
    SHARES
  • भदौ २४ को हिंसा अघिल्लो दिनको घटनाको आवेग थिएन : एमाले

    काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ।

    भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दाबी गरिएको छ। एमालेले त्यसक्रममा १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि ‘षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको एमालेको दाबी छ।

    वक्तव्यमा भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनिएको छ।

    एमालेले प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ २४ का घटनाहरू भएको भन्दै उक्त दिनको विध्वंस अघिल्लो दिनको घटनाबाट सिर्जित आक्रोश मात्र नभएको निष्कर्ष निकालेको छ।

    पार्टीले यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा धकेल्ने योजनाको मूर्त रूप भएको आरोप लगाएको छ।

    एमालेले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरेको छ।

    तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार गर्ने तथा मुद्दा चलाउने प्रयास भएको दाबी गर्दै एमालेले त्यस दिनको वास्तविकता र सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन गुपचुप राखिएको आरोप लगाएको छ।

    भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन रोकिएको भन्दै एमालेले त्यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत’ गरेको आरोप लगाएको छ।

    त्यस्तै, राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने एमालेको भनाइ छ।

    एमालेले राजनीतिको अपराधीकरण, दण्डहीनता र राज्य दहनका घटनालाई कुनै पनि अवस्थामा स्वीकार गर्न नहुने बताएको छ।

    ‘हिंसालाई नाइँ भन्नैपर्छ, अराजकता अन्त्य गर भनेर बोल्नैपर्छ,’ वक्तव्यमा भनिएको छ। लोकतन्त्रमा समस्याको शान्तिपूर्ण समाधान खोजिनुपर्ने र सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नसक्ने एमालेको धारणा छ।

    एमालेले ‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको दाबी गर्दै उनीहरूको सरोकार र अपेक्षा असल रहेको जनाएको छ। तर अन्य तत्वले त्यसको लाभ लिएको र ती ‘लाभग्राही’को भूमिकाका कारण अहिले नवयुवामा निराशा व्याप्त भएको एमालेको दाबी छ।

    पार्टीले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा शान्तिका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिलसमेत गरेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend