Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एमाले पुनर्गठन कार्यदलको बैठक आज, ओली सहभागी नहुने


२६, भदौ २०८३
  • 61
    SHARES
  • एमाले पुनर्गठन कार्यदलको बैठक आज, ओली सहभागी नहुने

    काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी सुझाव तथा चुनावी समीक्षा गर्न गठन गरिएको कार्यदलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।

    गत जेठ १० गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पार्टी पुनर्गठनका लागि आवश्यक सुझाव संकलन गर्ने र चुनावको समीक्षा गर्ने जिम्मेवारीसहित कार्यदल गठन गरेको थियो। कार्यदलले पार्टीका तल्ला तहबाट सुझाव संकलन गरी आफ्नो प्रतिवेदनसमेत तयार पारिसकेको बताइएको छ।

    पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदन तथा आगामी छलफलका लागि आवश्यक मस्यौदा तयार पारे पनि यसअघि कार्यदलको बैठक बस्न सकेको थिएन। आजको बैठकमा मस्यौदामाथि छलफल गर्दै पार्टी पुनर्गठन र संगठनात्मक सुधारका विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।

    यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओली भने आजको कार्यदल बैठकमा सहभागी नहुने भएका छन्। एमाले केन्द्रीय सदस्य तथा अध्यक्ष ओलीको सचिवालय प्रमुख निरु पालले अध्यक्षको कार्यदल बैठकमा सहभागी हुने कार्यक्रम नरहेको जानकारी दिइन्।

    पार्टी पुनर्गठन, संगठनात्मक संरचना तथा चुनावी समीक्षासँग जोडिएको कार्यदलको बैठकलाई एमालेभित्र महत्वपूर्ण रूपमा हेरिएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend