Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’


२९, भदौ २०८३
  • 66
    SHARES
  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा देखिएका परिवर्तन सकारात्मक रहेको बताउनुभएको छ।

    काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा आइतबार बोल्दै आचार्यले लामो समयदेखि अव्यवस्थित बन्दै गएको काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने प्रयास पछिल्ला दिनमा देखिन थालेको बताउनुभयो।

    करिब पाँच दशकअघिदेखि नै काठमाडौंको मौलिक स्वरूपमा क्षय आउन थालेको उल्लेख गर्दै उहाँले अब सहरलाई थप बिग्रन नदिई संरक्षणतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ। तर पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा काम भएका छन्।’

    आचार्यले काठमाडौंका विभिन्न स्थानमा निर्माण गरिएका फल्चालाई मौलिक सम्पदा संरक्षणको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार फल्चा बस्ने वा ओत लाग्ने ठाउँ मात्र नभई काठमाडौंको संस्कृति, इतिहास र मौलिक जीवनशैलीसँग जोडिएका महत्वपूर्ण संरचना हुन्।

    काठमाडौंलाई देवताहरूको सहर को संज्ञा दिँदै आचार्यले सहरको सम्पदा र संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी महानगरपालिका वा सरकारको मात्र नभएको बताउनुभयो। प्रत्येक नागरिकले आफ्नो सहरप्रति जिम्मेवार भएर सफाइ, सम्पदा संरक्षण र सौन्दर्य कायम राख्न भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ।

    केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे बनाएको भिडियो हेर्दा आफूलाई नेपाली हुनुमा गर्व महसुस भएको अनुभवसमेत आचार्यले सुनाउनुभयो।

    उहाँले महानगरमा देखिन थालेका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै आगामी दिनमा सरसफाइ, सम्पदा संरक्षण र सहरको सौन्दर्य अभिवृद्धिलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। काठमाडौंको मौलिक पहिचान जोगाउँदै आधुनिक र व्यवस्थित सहर निर्माण गर्न महानगर र नागरिकबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • अन्तिम दाउ’को औपचारिक घोषणा, एक्सन–थ्रिलर कथामा सात कलाकार

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ एक्सनथ्रिलर चलचित्र अन्तिम दाउ को औपचारिक घोषणा गरिएको छ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend