Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तिम दाउ’को औपचारिक घोषणा, एक्सन–थ्रिलर कथामा सात कलाकार


२६, भदौ २०८३
  • 62
    SHARES
  • अन्तिम दाउ’को औपचारिक घोषणा, एक्सन–थ्रिलर कथामा सात कलाकार

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ एक्सन–थ्रिलर चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ। फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका दुई फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्र निर्माणमा जाने जानकारी दिएको हो।

    सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तु रहस्य, द्वन्द्व र रोमाञ्चले भरिएको संकेत गरेको छ। पहिलो पोस्टरमा मुख्य कलाकारहरूलाई घना जङ्गल र पहाडी परिवेशको पृष्ठभूमिमा प्रस्तुत गरिएको छ। कलाकारहरूको अनुहारमा देखिएको चोट, रगत तथा गम्भीर भावले चलचित्रमा तीव्र द्वन्द्व र संघर्षको कथा रहेको अनुमान गर्न सकिन्छ।

    पोस्टरमा कविता नेपाली र निश्चल प्रधान भने अन्य कलाकारभन्दा फरक ढङ्गले मुस्कुराइरहेको देखिन्छन्। उनीहरूको रहस्यमयी हाउभाउले चलचित्रमा पात्रहरूको भूमिका र कथाभित्रको सम्बन्धलाई थप कौतूहलपूर्ण बनाएको छ।

    दोस्रो फर्स्टलुक पोस्टरले चलचित्रप्रतिको रहस्य अझ गहिरो बनाएको छ। पोस्टरमा रातो पृष्ठभूमिमा ‘२०२७’ अंक राखिएको छ भने कविता नेपाली र निश्चल प्रधानलाई केन्द्रमा प्रस्तुत गरिएको छ। उनीहरूको जबरजस्त हासोसँगै अन्य कलाकारहरू चोटग्रस्त अवस्थामा देखिन्छन्। यसले चलचित्रको कथामा हुने अप्रत्याशित घटनाक्रम र द्वन्द्वप्रति दर्शकको चासो बढाउने देखिन्छ।

    चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ। चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्नेछन्। यो उनको निर्देशनमा डेब्यू चलचित्र हो।

    निर्माण टोलीमा सह–निर्माताका रूपमा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन्। कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की रहेका छन् भने गजित विष्ट र सरिता गिरी प्रोजेक्ट एडभाइजरका रूपमा जोडिएका छन्। प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन्।

    चलचित्रको प्राविधिक टोलीमा चिफ असिस्टेन्ट डिरेक्टर अनिश बुढाथोकी तथा असिस्टेन्ट डिरेक्टर मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा रहेका छन्। कलरिस्ट कुणाल कुँवर, एक्सन निर्देशक राजु डोङ, भीएफएक्समा सज्जल लोप्चन तथा मेकअप र कस्ट्युम डिजाइनमा ज्योति केसी रहनेछन्।

    रामप्रसाद चौधरीले चलचित्रको सम्पादन गर्नेछन् भने डीओपीको जिम्मेवारी संगम राईले सम्हाल्नेछन्। चलचित्रको वितरण श्रीराम बालाजी फिम्सले गर्नेछ भने पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेको छ।

    निर्माण पक्षका अनुसार ‘अन्तिम दाउ’को छायाङ्कन छिट्टै सुरु हुनेछ। सार्वजनिक फर्स्टलुकमा देखाइएको रहस्यमयी पात्र, जङ्गली परिवेश, हिंसात्मक द्वन्द्व र ‘२०२७’ को संकेतले चलचित्रप्रति दर्शकमाझ सुरुवातमै कौतूहल सिर्जना गरेको छ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend