Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा बाढीपहिरोको त्रास, २३१ घर उच्च जोखिममा


१२, असोज २०८३
  • 78
    SHARES
  • गुल्मीमा बाढीपहिरोको त्रास, २३१ घर उच्च जोखिममा

    गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोले गुल्मीका विभिन्न स्थानीय तहमा जनजीवन प्रभावित बनेको छ। जिल्लामा २३१ घर उच्च जोखिममा परेका छन् भने जोखिममा रहेका केही परिवार आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवतीका ३०, रुरुक्षेत्रका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर बाढीपहिरोको जोखिममा छन्।

    त्यस्तै, गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोटका ७०, धुर्कोटका १५, इस्माका १२ र छत्रकोटका सात घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम जारी छ। विभिन्न स्थानबाट थप विवरण आउने क्रम रहेकाले जोखिममा परेका तथा विस्थापित परिवारको संख्या बढ्न सक्ने उनले बताए।

    बाढीपहिरोका कारण घर जोखिममा परेका तथा विस्थापित परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा सुरक्षा निकायले निगरानी तथा आवश्यक उद्धारका लागि तयारीसमेत बढाएको छ।

    लगातार वर्षा भइरहेकाले जिल्लाका पहाडी तथा भिरालो क्षेत्रमा थप पहिरो जान सक्ने जोखिम रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend