चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज २४+१०० स्थानमा सडक भासिएको हो। सडकको लामो भाग भासिएपछि उक्त क्षेत्रमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको छ।
हाल जोखिमयुक्त क्षेत्रमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दै चालक तथा यात्रुलाई सावधानी अपनाउन र लेन अनुशासन कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।
सिमलताल क्षेत्र मुग्लिन–नारायणगढ सडकखण्डको संवेदनशील क्षेत्रमा पर्दछ। सडक भासिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात व्यवस्थापनलाई सहज बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छ।