Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध


१२, असोज २०८३
  • 60
    SHARES
  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा ढुंगा खस्दा दर्जनौँ प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन् भने कतिपय सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

    प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार पाल्पा, ललितपुर, लमजुङ, स्याङ्जा, तनहुँ, हुम्ला, नवलपरासी पूर्व, मुस्ताङ, दार्चुला, म्याग्दी, मकवानपुर, दाङ, काभ्रे, ओखलढुंगा, मनाङ, गुल्मी, बागलुङ, रोल्पा र कालिकोट लगायत जिल्लाका सडकमा बाढीपहिरोको प्रत्यक्ष असर परेको छ।

    पाल्पाको तानसेन–१४ स्थित गाईघाट–तानसेन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। ललितपुरको टाकुर्चेमा लेदोसहित पहिरो खसेको तथा पाङदुरडोलमा भिरबाट ढुंगा खसेपछि कान्ति लोकपथसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    लमजुङको खरखरे भीरमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। आँपचौर क्षेत्रमा पहिरोका कारण सडक भासिएपछि मध्यपहाडी लोकमार्गमा समेत यातायात ठप्प भएको छ।

    स्याङ्जाको पुतलीबजार–१ स्थित तिनधारे, सार्वजनिक शौचालय र बसपार्क क्षेत्रमा लेदोसहित पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। तनहुँमा पृथ्वी राजमार्गसमेत पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

    यस्तै, हुम्लाको सर्केगार्ड–१ खच्चामा पहिरो गएपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। नवलपरासी पूर्वमा कालीगण्डकी करिडोर, मुस्ताङमा जोमसोम–कोरला सडक तथा दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध छन्।

    म्याग्दीको बेनी–जोमसोम सडक, मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, तुलसीपुर–घोराही सडक तथा जोमसोम–कोरला सडकमा समेत यातायात प्रभावित भएको छ।

    काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्ग, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    त्यसैगरी गुल्मीको सिस्नेभिर–रुद्रबिनी–वामीटक्सार सडक, बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र कालिकोटको कर्णाली राजमार्गमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ।

    लगातार वर्षा भइरहेकाले अवरुद्ध सडकमा थप पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र अघि बढ्न सम्बन्धित निकायले आग्रह गरेका छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा टोली परिचालन भइरहेको जनाइएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • सोमबार देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार असोज १२ गते देशभर आंशिक बदली रहनेछ। हिमाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend