Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित


१२, असोज २०८३
  • 69
    SHARES
  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ विकेटको सहज जित निकालेको छ।

    तिरुवनन्तपुरममा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा कोहली र गिलले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय साझेदारी गरे।

    कोहलीले १३९ रनको अविजित पारी खेले। उनले ८८ बलमा १० चौका र नौ छक्का प्रहार गरे। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको ५५औँ शतक हो। शतकसँगै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रनसमेत पूरा गरेका छन्।

    लिस्ट ‘ए’ क्रिकेटमा कोहलीको शतक संख्या ६० पुगेको छ। यससँगै उनले लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक शतक बनाउने भारतीय ब्याटर सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबरी गरेका छन्।

    यस्तै, कप्तान शुभमन गिलले ११० रनको शतकीय पारी खेले। उनले १०८ बलमा १३ चौका र एक छक्का प्रहार गरे। कोहली र गिलको उत्कृष्ट ब्याटिङका कारण भारतले लक्ष्य सहज रूपमा पूरा गरेको हो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९५ रन बनाएको थियो। उसका ओपनर जस्टिन ग्रिभ्सले १०१ रन बनाएर एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो शतक पूरा गरे।

    ग्रिभ्सले जोन क्याम्पबेलसँग पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई बलियो सुरुवात दिलाएका थिए। क्याम्पबेलले ६२ रन बनाए।

    तर, भारतीय स्पिनर कुलदीप यादवले मध्यक्रममा लगातार विकेट निकाल्दै वेस्ट इन्डिजको रनगति नियन्त्रणमा लिए। उनले ४० रन खर्चेर चार विकेट लिए। वेस्ट इन्डिजका सुरुआती पाँचमध्ये चार विकेट कुलदीपकै नाममा रह्यो।

    वेस्ट इन्डिजले बनाएको २९५ रनको योगफल भारतका लागि पर्याप्त चुनौती बन्ने अनुमान गरिए पनि कोहली र गिलको आक्रामक ब्याटिङका कारण भारतले खेल सहजै आफ्नो पक्षमा पारेको हो।

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend