Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य


७, असोज २०८३
  • 15
    SHARES
  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा भएको कराते प्रतियोगितामा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कास्य पदक जित्दै एसियन गेम्समा नेपालको पदक खाता खोलेका हुन्।

    तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि कास्य पदक सुनिश्चित गरेका हुन्। कास्य पदकका लागि भएको निर्णायक खेलमा उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ को फराकिलो अंक अन्तरले पराजित गरे।

    तेन्जिङले पदकका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा नेपालको पहिलो सफलता दिलाएका हुन्।

    यसअघि सेमिफाइनलमा भने तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलको हारपछि कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका उनले निर्णायक खेलमा प्रभावशाली प्रदर्शन गर्दै पदक आफ्नो नाममा पारे।

    तेन्जिङको यो सफलता जापानमा जारी एसियन गेम्समा नेपालको पहिलो पदक बनेको छ। उनको कास्य पदकसँगै नेपाली खेलकुद टोलीमा थप उत्साह बढेको छ भने अन्य खेलबाट पनि पदकको अपेक्षा गरिएको छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend