Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काभ्रेमा एक युवामाथि हत्या प्रयास, घटनाप्रति प्रहरी गम्भीर नभएको पीडितको गुनासो


२२, साउन २०८०
  • 3,303
    SHARES
  • काभ्रेमा एक युवामाथि हत्या प्रयास, घटनाप्रति प्रहरी गम्भीर नभएको पीडितको गुनासो

    काठमाण्डौं । साउन १५ गते बेलुका काभ्रेमा एक युवामाथि अज्ञात समुहले धारिलो हतियार प्रहारगरी गम्भीर घाईते बनाएको घटनाले हालसम्म कुनै न्याय नपाएको पीडित परिवारले गुनासो गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा न–२ का ३० वर्षिय अजय लामालाई तिनकुने जोरपाटी भन्ने स्थानमा उक्त अज्ञात समुहले लामाको घाँटी, टाउको र हातमा हतियार प्रहार गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको पीडितजनले बताएका छन् । 

    घाईते लामाका बुवा राम वहादुर तामाङका अनुसार आफ्नो छोरो रासायनिक मल लिन जान्छु भनि आफ्नो घरबाट गएको र रासायनिक मल नपाएपछि तिनकुने जोरपाटीबाट पैदल घर फर्किने क्रममा साउन १५ गते पाँचखाल नगरपालिका वडा न–२ स्थित साँझ सवा ६ बजे जोरपाटी स्थित ढोरखोलाको बगरमा पुगेका बेला नचिनेका ३ जनाले  छोरालाई धारिलो हतियारले घाँटी, टाउको, हात र अनुहारमा समेत प्रहारगरी मरनासन्न आक्रमण गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–आफुहरु सामान्य परिवारको खेतीपाती गरेर जिवन चलाउँदै आएको परिवार हौं, मेरो छोरालाई किन र कसले मार्ने योजना बनायो ? यो गम्भीर बिषयको घटनालाई निष्पक्ष र यथाशिघ्र प्रहरी प्रशासनले अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरुलाई कानूनी कट्घरामा उभ्याएर पीडितलाई न्याय दिनुपर्ने भएपनि तर प्रहरीले हालसम्म योजनाकार अर्जुन गौतमलाई पक्राउ गरेको र अन्य फरार रहेका दुईजनालाई पक्राउ गर्न नसकेकोप्रति दुख लागेको छ । 

    बुवा तामाङले भन्नुभयो, घटनापछि स्थानियहरुले बाटोमा गम्भीर घाईते भई बेवारिसे अवस्थामा लडेको देखेपछि प्रहरीलाई खवर गरेका रहेछन्, तत्काल उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले रगतले मुछिएको मान्छेलाई सामान्य अवस्था छ, अब तपाईले घर लैजान सक्नुहुन्छ भनेर गम्भीर घाईते भएकालाई डिस्चार्ज गरेकोप्रति पनि सरकारी स्तरको अस्पतालले सामान्य भनेर विरामीलाई घर पठाउने अस्पतालमाथि आशंका गर्नुको साथै गैरजिम्मेवार लापरबाही गरेको छ । जसका कारण घाईतेको ज्यान जाने सम्भावना अत्यधिक भएकाले अस्पतालले लापरबाही देखाएको स्पष्ट पार्दै, साउन १८ गते प्रहरीमा उजुरी दर्ता गरेपनि हालसम्म ठोस प्रगति भएको छैन् । 

    मैले प्रहरी कार्यालयमा गएर जाहेरी दिएको छु ।  ज्यान सम्बन्धि कसुरमा अभियुक्तहरुलाई सजाय दिन र घाइते छोराको सम्पूर्ण उपचार खर्च र क्षतिपूर्ति समेत दिलाईदिन उल्लेख गर्दै मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीको माग गरेको बताउनुभयो । यता गम्भीर घाइते भएका तामाङको थप उपचार काठमाण्डौं स्थित वि एन वि हस्पिटलमा भइरहेको बताईएको छ । यता जिल्ला प्रहरी कार्यालय काभ्रेले भने हालसम्म चार जनालाई पक्राउ गरिएको र फरार रहेका एकजनाको खाजीकार्य भइरहेको बताएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend