Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै


२३, साउन २०८०
  • 269
    SHARES
  • धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै

    बागलुङ । धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ ।
     
    गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो । धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

    विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ । अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।
     
    पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक चार सयदेखि पाँच सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिनुभयो ।
     
    “गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटीस्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटीस्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो”, उहाँले भन्नुभयो, “अब सिटीस्क्यान गर्न पोखरा, काठमाडौँ जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।” अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ ।

    प्रमुख डा । प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ । अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ । 

    लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटीस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अठार विशेषज्ञ र ११औँ तहका तीन चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु भनेको धवलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ । 

    अठार विशेषज्ञ, १० मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिँदा अस्पतालमा उपचारका लागि आउने नागकिलाई पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ । 

    तेइस जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रवृत्तिका १८ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २८ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । 

    अस्पतालमा आकस्मिक, प्रसूति, ओपिडीलगायत २४ वटा विभाग पूर्णरूपमा सञ्चालनमा आएको प्रमुख डा । प्रधानले जानकारी दिनुभयो । अस्पतालमा अहिले आइसीयू र एनआइसीयूजस्ता महत्त्वपूर्ण सेवासमेत प्रदान भइरहेको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend