सागर महत, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आर्थिक बर्ष २०७९/८०मा करिव ५ करोड राजस्व संकलन भएको छ । जसअन्तर्गत १ वर्षको अवधिमा ४ करोड ९९ लाख ८६ हजार १ सय ३० रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी नुमलाल पन्थीले जानकारी दिए ।
सबै भन्दा बढी राहदानी शुल्क ४ करोड ९५ लाख ६२ लाख राजस्व संकलन भएको छ । यस्तै कार्यालयबाट प्रदान हुने न्यायीक शुल्क, परिक्षा, धरौटी, दण्ड जरीवाना लगायतको शुल्क ४ लाख २४ हजार १ सय ३० रुपँया गरि ४ करोड ९९ लाख ८६ हजार १ सय ३० रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी पन्थीले बताए ।
सामान्य सिफारीस तर्फ ८ हजार ७ सय ७९ जना र दुर्त सेवा सिफरीस तर्फ ६ सय ३९ जना गरी ९ हजार ४ सय १८ जना ब्यक्तीले राहदानी बनाएकोमा ७ हजार ५ सय ५४ जनालाई राहदानी बितरण गरीएको छ ।
यस्तै ७ हजार ६ सय १६ नेपाली नागरिकता वितरण गरेको छ ।कार्यालयले वंशजका आधारमा ७ हजार पाँच सय ९९ र वैवाहिक अङ्गीकृत १७ गरी कूल ७ हजार ६ सय १६ नागरिकता वितरण गरेको हो । त्यसैगरी १० हजार ६ सय ७८ जनाले नागरिकताको प्रतिलिपि लिएको पन्थीको भनाइ छ ।