रोल्पा । शहीदमार्ग सडक अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । मङ्गलवार रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा देखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा १५ यात्रु भएको जनाइएको छ जसमा ११ जना घाइते भएकोमा २ जनाको अवस्था गम्भीर भएको त्रिवेणी गाउँपालिका(७ का वडा अध्यक्ष भान बहादुर घर्ती मगरले जानकारी दिनु भएको छ।
९ जनाको अवस्था सामान्य रहेको र घाईतेहरुको उपचारका लागि दाङ पठाइएको वडाध्यक्ष घर्तीले बताउनुभयो । अहिले उद्धार कार्यमा नेपाल प्रहरी,शस्त्र प्रहरी र स्थानीयहरु घटना स्थलमा खटिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ।
मृत्यु हुने अहिलेसम्म सनाखत हुन नसकेको र घाइतेहरुको केहीको पहिचान खुलेको र केहीको खुल्न बाँकी रहेको भुसालले बताउनुभयो ।
घटनाको थप विवरण आउन बाँकी छ।