Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चीनमा मुस्लिम धर्मावलम्बी लाई स्वतन्त्रता छैन : अकरम पठान


२४, साउन २०८०
  • 142
    SHARES
  • चीनमा मुस्लिम धर्मावलम्बी लाई स्वतन्त्रता छैन : अकरम पठान

    कपिलवस्तु । राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। 

    समाजसेवी अकरम पठानको  अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत रहेका थिए। 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूमा लागु गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै मौलाना मुइनुद्दीनले नेपालमा मुस्लिम समुदायको आफ्नै पहिचान रहेकाले त्यसको संरक्षण सबै मुस्लिम समुदायले मिलेर गर्नुपर्ने बताए। 

    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष अकरम पठानले मुस्लिम समुदायको मदरसामा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्ने किनकी मदरसाहरु व्यवस्थापन तथा संचालनमा पछाडि रहेको अवस्थामा मरसामा आधुनिक तथा व्यवसायिक शिक्षाको पहल राज्यले गर्नुपर्ने साथै मदरसामा पढाउने शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको र शिक्षा ऐन लगायत संबैधानिक व्यवस्थामा मुस्लिम समुदायको पहुँच हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए। 

    देश विदेशको मुस्लिम समुदायको चर्चा गर्दै पठानले चाइनामा मुस्लिम समुदाय माथी धेरै दमन भै रहेको बिभिन्न संचार माध्यम बाट कुरा आइरहेको तथा उइगर ससमुदाय लाई शिक्षा, सामाजिक तथा धार्मिक कार्यक्रम हरूमा धेरै प्रतिबन्ध लगाएको घटनाहरु बेला बेलामा सामाचार हरूमा आउनाले चीनमा मुस्लिम धर्मावलम्बी लाई स्वतन्त्रता छैन  भन्ने कुरा दुखद रहेको बताए।

    कार्यक्रममा १७ वटा मदरसाको मौलाना, व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य हरुको संलग्नतामा कार्यक्रम सम्पन्न भयो। मौलाना मुजिबुर्रहमानले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमको सम्पूर्ण जानकारी अकरम पठानले दिएका थिए।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend