Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ढाकाको कपडाले बजार पाएन


२५, साउन २०८०
  • 134
    SHARES
  • ढाकाको कपडाले बजार पाएन

    रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बुन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । 

    एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले रु एक लाखसम्मको कपडा बुनिसकेको छ ।

    ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । “हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्”, गङ्गा थापाले भन्नुभयो । 

    ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरु छन् । “बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनौँ यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पुर्‍याउने योजना हाम्रो छ”, थापाले भन्नुभयो । विगत चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिमनै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन् । 

    महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो । महिलाले तालिम पनि लिए । सीप पनि सिके । तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निरास भएका छन् । आफैँ बजारको खोजिमा जाने योजना रहेको उनीहरु सुनाउँछन् ।

    विगतका वर्षहरुमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसकेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन् । खलङ्गा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ । विगतका वर्षहरुमा भने ढाका कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थे । अल्लोको भने बजारको समस्या नभएको थापाको भनाइ छ । 

    महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend