Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दुई नगरका सबै वडामा मेलमिलाप केन्द्र


२५, साउन २०८०
  • 162
    SHARES
  • दुई नगरका सबै वडामा मेलमिलाप केन्द्र
    बागलुङ । जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।
     
    केन्द्र स्थापनासँगै वडा तहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाअन्तर्गत न्यायिक समितिले ८५ जना मेलमिलाप कर्ता तयार गरी केन्द्र स्थापना गरेको हो ।
     
    वडा नं १ बाट केन्द्र स्थापनाको अभियान सुरु गरी ११ वडाको रायडाँडामा पुगेर सम्पन्न भएको खड्काको भनाइ थियो । यससँगै नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् । 
     
    नगरका सबै वडामा केन्द्र स्थापना भएसँगै सञ्चालनसम्बन्धी कार्यविधिको तयारी, कार्यालय व्यवस्थापन, मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम र स्रोतसाधनको आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइने खड्काले जानकारी दिनुभयो । 
     
    वडाको विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । स–साना विवाद अब वडातहबाटै समाधान हुने उहाँको भनाइ थियो ।
     
    न्याय निरुपणका लागि सहज होस् भनेर नगरपालिकाअन्तर्गत न्यायिक समितिको पहलमा केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । 
     
    स्थानीय सरकार गठन भइसकेपछि नागरिकले घरदैलोबाट सेवा पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिएको भन्दै केन्द्रमा सूचीकृत मेलमिलापकर्ताले विवादको समाधान गराउने उपप्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था छ । 
     
    उपप्रमुख शर्माले मेलमिलापकर्ताले दुवै पक्षलाई न्याय हुनेगरी मेलमिलाप गराउने भन्दै यस कार्यमा पूर्ण रुपमा गोपनीयता कायम हुने जनाउनुभयो । उहाँले नियमानुसार मेलमिलाप गराउने भएकाले समस्या आएमा केन्द्रमा निवेदन दिन आग्रहसमेत गर्नुभयो ।   
     
    मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्तालाई सूचिकृत गराउने र वडामा आएका विवादलाई समाधानको तयारी पनि पालिकाले गरिरहेका छन् । प्रत्येक वडामा तीन जना मेलमिलापकर्तालाई तालिम उपलब्ध गराइएको जैमिनी नगरपालिकाले जनाएको छ । केन्द्र स्थापनासँगै आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend